Saturday, June 13News That Matters

लागुऔषध सहित तिन जना पक्राउ

पूर्णपुष्टि, माघ ९

झापाको दमक नगरपालिका–८ र मेचीनगर नगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगरसहित तिन जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका–२ का २१ बर्षीय कनैया गनगाई र २० बर्षीय राज कुमार गनगाईलाई ३६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित बिहिबार साँझ ६ बजे पक्राउ गरेको छ ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लावारी नगरपालिका–२ का ३१ बर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपाम सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।