Monday, June 29News That Matters

लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, असोज १४

सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । हरिनगरा–६ निबासी २५ बर्षीय जिवराईल अन्सारी लागुऔषध सहित पक्राउ परेको हो ।
अन्सारीलाई गत सोमबार ईटहरी–६ हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

अन्सारीले अबैध लागुऔषधको  कारोबार गर्ने गरेको सुचना पाईएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई साँझ सवा ५ बजे नियन्त्रणमा लिई उनले बोकेको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखीएको अवस्थामा १६ सय निट्रोसुन ट्याप्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।

पक्राउ परेको अन्सारीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।