Friday, May 22News That Matters

लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, जेष्ठ १३ गते ।

सुनसरीको धरान उप–महानगरपालिका–९ बाट लागुऔषध र नगद सहित १ जना पक्राउ परेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दिउँसो साँढे २ बजे धरान–९ बगैचा टोलबाट स्पास्मोप्रोक्सिवन प्लस १ हजार २ सय ८० क्याप्सुल, निट्रोसुन ३ सय ट्याबलेट, डाईलेक्स–डिसी १ सय एमएल लेखिएको ८० बोतल,  नगद २ लाख ३७ हजार र १ थान मोवायल सहित स्थानीय ४१ बर्षीय शुभचन्द्र राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध र नगद सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।