
झापा, भाद्र २०
झापामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । दमक कमल गाँउपालिका–७ का ४० वर्षीय रोशन साह र १८ वर्षीय दिपक गुरुङ लागुऔषध सहित पक्राउ परेका हुन् ।
हिजो बेलुकी करिब साढे ७ बजे केर्खा चौकमा मे १ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनिहरुले बोकेको झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा उक सय २० ऐम्पुल डायजोपाम, एक सय २० ऐम्पुल लुपिजेसिक र एक सय २० ऐम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिप्रका झापाले जनाएको छ ।
