Tuesday, January 14News That Matters

लागुऔषाध सहित दुई पक्राउ

पूर्णपुष्टि, २० साउन ।
उदयपुरमा लागुऔषाध सहित दुईजना पक्राउ परेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ९ झिल्के टोलका २६ बर्षिय संजिव परियार र सोही ठाउँका बिशाल मग्राति रहेका छन् । उनिहरुलाई बयगाहाको सालघारीबाट प्रहरीले नियन्त्रणमा लिईएका थिए ।

लाहानबाट गाईघाट तर्फ आउँदै गरेको ना १ ज ८६५९ नं को विंगरमा लाअुऔषाध डाईजेपाम (३८एम्पुल, आईपिपिएल (३८ एम्पुल र फेनार्गन (३३ एम्पुल गरी जम्मा १०९ एम्पुल लागुऔषाध लुकाई छिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो । लागु औषध सहित दुवै जनालाई अस्थायी प्रहरी पोष्ट बगाहाबाट खटिएको चेकिङ टोलिले फेला पारेका थिए । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप
अनुसन्धान गरिरहेको छ ।