Wednesday, May 6News That Matters

लागु औषधसहित १ जना पक्राउ

झापा/भाद्र १ गते । 

झापाको शिवसताक्षीमा गाँजा सहित एक जना पक्राउ परेको छ । शिवसताक्षी नगरपालिका –१० दोमुखा निबासी ५४ बर्षीय तिर्थराज दाहाल २ केजी ७ सय ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेको हो ।

बिशेष सूचनाको आधारमा प्रहरी टोलीले दाहाललाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेको दाहाललाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।