
पूर्णपुष्टि, मंसिर १७
लागूऔषध र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लागूऔषध मुद्धाका सुनसरी धरान उप–महानगरपालिका–७ का ४१ वर्षीय नौसाद सिदिकी र चोरी मुद्धाका मोरङ कटहरी गाउँपालिका–१ का २३ वर्षीय सुरज कामत रहेका छन् । पक्राउ परेका दुवैजनालाई सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागी विहिबार कारागार चलान गरिएको हो।
लागूऔषध मुद्धामा सुनसरी जिल्ला अदालतबाट २०७१ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष १ महिना २४ दिन कैद र रु.१ लाख जरिवाना भई लगत नं. ७२३२ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सजाय पुरा गर्न कारागार चलान गरिएको छ ।
त्यस्तै, चोरी मुद्धामा उच्च अदालत बिराटनगरको २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र रु. १५ हजार जरिवाना भई लगत नं.– ५८१ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आर. आई. टी.बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो दिउसो ११ बजे फेला पारी पक्राउ गरि जिल्ला अदालतमा दाखिला गरिएको थियो ।
