Sunday, May 31News That Matters

कक्षा १२ को नतिजा प्रकाशित, ७ हजारले ल्यायो ‘ए प्लस’ ग्रेड

पूर्णपुष्टि, मंसिर १७
कक्षा १२ को नतिजा आज प्रकाशित भएको छ । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक भएको बताउनुभयो ।
सात हजार ३६ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् भने ‘ए ग्रेड’ ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना रहेका छन् । ‘बी प्लस’ ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ । करिब एक लाख विद्यार्थीले ‘बी’ ग्रेड मात्रै ल्याएका छन् भने सि र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन् । साथै दश हजार हाराहारी विद्यार्थीले ’ई’ ग्रेड पनि ल्याएका छन् ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो । तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।
नेपाल टेलिकमको वेबसाइटमा गएर नतिजा हेर्न मिल्छ ।