
पूर्णपुष्टि, मंसिर १७ ।
नेकपा (माओवादी केन्द्र) त्रियुगा नगरबाट प्रदेश प्रतिनिधि सर्बसहमत चयन भएका छन् । पार्टीको सहमतिय प्रयास सफल पार्दै १० जना प्रदेश प्रतिनिधि सर्बसहमत चयन भएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त रमेश रोकाका अनुसार प्रतिनिधि चयनमा मानबहादुर राई, विमल किराँती, सम्झना तामाङ, रुद्र अधिकारी, किरण राई, दुर्गा कार्की, सावित्रा थापा, राजकुमार थापा, केदार दनुवार र प्रल्हाद विश्वकर्मा रहेका छन् ।
कोटाभन्दा बढिले उम्मेदवारी दावी गरेपछि चुनावको अवस्था आएको थियो । भोली विहान ११ बजे चुनाव तोकिएको थियो । तर, पूर्वसन्ध्यमा सहमती जुटेपछि प्रदेश प्रतिनिधि सर्बसहमत चयन भएका हुन् ।
नगर कमिटिका लागि भने हालसम्म सहमती जुट्न सकेको छैन । पार्टीको तर्फबाट सर्बसहमतीको वातावरणको प्रयास भइरहेको छ । नगर अध्यक्ष, उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष पदका लागि चुनाव हुने भएको छ । सचिवमा कुरुङ राई सर्बसहमत भएका छन् ।
अध्यक्षमा गिता खड्का कार्की (अजिता) र नरबहादुर कार्कीको उम्मेदवारी छ । तीनजना उपाध्यक्ष पदका लागि मानबहादुर राई, सावित्रा थापा कार्की, प्रल्हाद विश्वकर्मा, रामप्रसाद बराल र कमला राईको उम्मेदवारी छ । त्यस्तै कोषाध्यक्षमा मनाेज पाैडेल र काँशी कार्कीको उम्मेदवारी छ भने सहसचिवमा कुलबहादुर कटुवाल र गोपाल कटेलको उम्मेदवारी परेको छ । ६५ सदस्यीय नगर कमिटिका लागि चार पदमा चुनाव हुने भएको हो भने अन्यमा सर्बसहमत भइसकेको छ ।
