
पूर्णपुष्टि, कार्तिक ११ मोरङ बिराटनगर महानगरपालिका–१४ जतुवा चोकबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका ९ का १९ बर्षीय आशिष महतो रहेका छन् । हिजो दिउसो साढे २ बजे CRV पोष्ट जतुवाबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
