लागूऔषध सहित होटल संचालक पक्राउ

पूर्णपुष्टि, असोज २४
मोरङको बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटले संचालक जहदा गाऊपालिका ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् ।

हिजो दिउसो ११ बजे सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले होटलमा चेकजाँच गर्दा लागूऔषध DIALEX-DC १५ बोतल, नाईट्राभेट ४२ चक्की,  SPASMO-PROXYVON २४ चक्की, SPAS-TRANCON PLUS  ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको हो । लागूऔषध बरामद भए पश्चात उक्त होटलका संचालक साहलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: