इनरुवामा थुनुवाको मृत्यु भएपछि प्रहरी माथी आक्रमण, प्रहरी सहित दर्जन बढी घाईते

पूर्णपुष्टि, असोज २४
इनरुवामा प्रहरी हिरासतमा रहेको एक थुनुवाको मृत्यु भएपछि मृतक पिडितको आफन्तहरुले इनरुवा प्रहरी कार्यालयमा आतंक मच्याएको छ । सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मदह किमसाह अनुसन्धानको क्रममा थुनामा थिए । किमसाहको मृत्यु सुनियोजित भएको भन्दै मृतकका आफन्तहरुको ठुलो संख्याले प्रहरी माथी आक्रमण गरेको हो । आक्रमणको क्रममा दोहोरो झडमा परी प्रहरी सहित दर्जन बढी घाईते भएको छ ।प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् । उता जिल्लाप्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटी भीक्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।

प्रहरीले प्रर्दशनकारीलाई हटाउन पटकपटक प्रयास गरेपनि उग्र बनेको समूहप्रहरी माथिजाई लागेको थियो । झडपकाक्रम माप्रहरी कार्यालय र परिषरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमाठुलो संख्यामाप्रहरी परिचालन गरिएको छ ।
पिडित पक्षले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई भने अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् । उनिहरुले केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0