
पूर्णपुष्टि, असोज २४
मोरङको बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटले संचालक जहदा गाऊपालिका ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् ।
हिजो दिउसो ११ बजे सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले होटलमा चेकजाँच गर्दा लागूऔषध DIALEX-DC १५ बोतल, नाईट्राभेट ४२ चक्की, SPASMO-PROXYVON २४ चक्की, SPAS-TRANCON PLUS ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको हो । लागूऔषध बरामद भए पश्चात उक्त होटलका संचालक साहलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।
