लामो समय नेतृत्वविहिन बन्दा उदयपुरको खेलक्षेत्र ओझेलमा : अध्यक्ष नेपाल

पूर्णपुष्टि, कार्तिक २४ ।
लामो समय जिल्ला खेलकुद विकास समिति, उदयपुर नेतृत्वविहिन बन्दा जिल्लाको खेल क्षेत्र ओझेलमा परेका छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सागर नेपालले पूर्णपुष्टि प्रश्नको जवाफ दिदै जिल्लाको खेल क्षेत्र ओझेलमा पर्नुको मुख्य कारण लामो समय जिल्ला खेलकुद विकास समिति नेतृत्वविहिन बनेको बताएका हुन् ।

खेलक्षेत्र ओझेलमा रहेपनि खेल गतिविधि भने सञ्चालन भइरहेको उनको भनाई छ । समितिको भुमिका नपुगे पनि स्थानीय युवाहरु, क्लव, संस्थाहरुको पहलबाट पनि खेल गतिविधि सञ्चालन भइरहेको हो । फुटबल, भलिवल, क्रिकेट, ब्याड्मिन्टन जस्ता खेलहरु सञ्चालनको अवस्थामा रहेको अध्यक्ष नेपालले बताए । कराते, उसु, बक्सिङ जस्ता खेल प्रशिक्षण पनि चलिरहेको उनले बताए । खेल गतिविधि बन्द नै भने नरहेको उनले बताए । समिति करिब दुईवर्षदेखि नेतृत्वविहिन बनेको हो । कार्यालय प्रमुखसमेत नहुँदा निमित्त कार्यालय प्रमुखबाट सञ्चालन भइरहेको छ । केही खेल प्रशिक्षकहरुको भरमा कार्यालय सञ्चालन मात्र रहेको अवस्था छ । समितिले बाह्य गतिविधि गर्न सकेको छैन ।

कार्तिकको पहिलो सातामा प्रदेश सरकारबाट नेपाल समितिको अध्यक्षमा नियुक्ती भएका हुन् । नियुक्ती भएका अध्यक्ष नेपालले समितिलाई पूर्णता दिने कामवाहेक खेल गतिविधि तथा योजनाहरु अघि सार्न सकेको छैन । चारवर्षे कार्यकालका लागि नियुक्ती पाएका अध्यक्ष नेपालले मन्त्री क्याविनेटबाटै हटाउने निर्णय भएमा छाड्ने बताए । जिल्लामा खेल क्षेत्रको अवस्था नाजुक रहेको स्विकारेका उनले छ महिनासम्म काम गर्न पाउँदा पनि केही काम गर्ने बताएका छन् । उदयपुरमा फुटबल, ब्याड्मिन्टन, भलिबल लगायतका खेलहरुका लागि मैदानको ब्यवस्था रहेपनि क्रिकेटका लागि नभएको उनले बताए । आप्mनो पहिलो प्रयास क्रिकेट खेल मैदानको ब्यवस्था हुने उनले बताए । स्थानीय सरकारहरुसंग समन्वय गरी खेलमैदान निर्माण, खेल गतिविधि, खेल सामग्री तथा खेल योजनाहरु अगाडी बढाउने उनले बताए ।

उनले प्रदेश सरकारले विभिन्न समयमा खेल जितेर प्रदेशको नाम राख्ने प्रदेश अन्तर्गतका जिल्लाका खेलाडीहरुको पहिचान गरी पुरस्कृत तथा प्रोत्साहित गर्ने कार्यक्रम गर्ने जानकारी पनि दिएका छन् ।

पूर्णपुष्टिको प्रश्नहरुको जवाफ दिदै तोकिएको कार्यकाल पुरा गर्न पाएमा जिल्लाको छरपस्ट खेल गतिविधिलाई समेट्ने बताए । सबै पालिकास्तरका खेलकुद समितिसंग समन्वय गर्ने बताए । जिल्लाको खेलकुद अवस्थालाई ब्यवस्थित गरी खेल विकासमा जोड दिने बताए । तर, प्रदेश सरकारको मन्त्रीमण्डल नै परिवर्तन भइसकेको अवस्था छ । परिवर्तित सरकारले अध्यक्ष नेपाललाई हाल हटाइ नसकेको भएपनि कतिबेला हटाउछ भन्ने कुनै ठेगान छैन । अहिलेको समिति अनिश्चितताको अवस्थामा रहेको छ ।

समितिको नेतृत्व पाएका अध्यक्ष नेपालले केही गर्ने प्रतिबद्धता जनाएको भएपनि पाएको समयमा कति काम गर्ने हो, केही नयाँ र ठोस काम देखाउन सक्ने हो कि होइन, भावि दिनले बताउनेछ । (अध्यक्ष नेपालसंगको विस्तृत अन्तरवार्ता माथि भिडियोमा हेर्नुहोला –धन्यवाद !)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: