
पूर्णपुष्टि, फागुन १४ ।
उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाले आज साताै स्थापना दिवस मनाएकाे छ ।
पालिका अध्यक्ष मेजरकुमार राईले दिवसकाे अबसरमा सबैमा शुभकामना दिनु भएकाे छ । उहाँले पालिकाबासी तथा देशविदेशमा रहेका लिम्चुङ्बुङका शुभचिन्तकहरुलाई सम्मान र सम्झना रहेकाे सन्देश दिनुभयाे ।
उहाँले आज लिम्चुङबुङबासीकाे विशेष एतिहासिक दिन भएकाे बताउनु भयाे । पालिका नमुना बनाउने चाैतर्फि अभियान चलिरहेकाे र पालिकाबासीका लागि एकसय एक उपहार पस्कदै आईरहदा अर्काे एक उपहारकाे रुपमा कबर्डहल उद्घाटन गरिएकाे बताउनु भयाे । याेसंगै खेलकुद क्षेत्र विस्तार र खेलकुल पर्यटन विकासमा जाेड दिने घाेषणासमेत गर्नुभयाे । आगामी वर्षकाे स्थापना दिवसमा पहिलाे म्याराथन दाैड प्रतियाेगितासहितकाे मिनि ओलम्पिक खेलकुद कार्यक्रम गर्ने घाेषणा गर्नुभयाे । त्यसले लिम्चुङबुङलाई थप चिनाउने बताउनुभयाे ।
उहाँले पर्यटन क्षेत्रमा एभरेष्ट भ्युटप, ईलाका प्रहरी भवन, शिक्षा, स्वास्थ्यकाे क्षेत्रमा सुधार, आयातित बस्तुलाई राेक लगाउदै स्थानीय उत्पादनमा जाेड, लिफ्टिङ खानेपानी याेजना, सुनकाेशीमा पुल, पक्कि सडक निर्माण प्रक्रिया अगाडि बढेकाे बताउनु भयाे । यसका साथै अर्थतन्त्र र जिवनशैलीमा प्रगतिशिल परिवर्तन आइरहेकाे बताउनुभयाे ।
आजकाे दिनलाई पालिकाबासिले बहादुरिता देखाएकाे र नामाकरण, सभ्य समाज, समृद्धिकाे बाटाे, शिक्षा, स्वास्थ्य सुधारकाे हिसावले अमर ईतिहास रचेकाे दिनकाे रुपमा व्याख्या गर्नुभयाे । लिम्चुङबुङ आज देश विदेशमा परिचित भईसकेकाे बताउदै पर्यटनकाे हिसावले अघि बढिसकेकाे बताउनु भयाे । यहाँ अर्गानिक खाने र माैलिक जिवनशैलिका साथ ढुक्कले दुईदिन पर्यटक अडिने वातावरण निर्माण भईसकेकाे बताउनुभयाे । पालिकाले जहिले चमत्कारिक सपना बाेकेर हिडिरहेकाे बताउदै एकै पुस्तामा समृद्धिसहितकाे नमुना गाउँपालिका बनाएरै छाड्ने उद्घाेष गर्नुभयाे । त्यसका लागि पालिकाबासी सबैकाे साथ सहयाेगकाे अपिलसमेत गर्नुभयाे ।