लिम्चुङबुङको एभरेष्ट भ्युटप बाट सगरमाथा सहित यी ६ ओटा अग्ला हिमालहरु देख्न सकिन्छ

–बिक्र राई

पूर्णपुष्टि, कार्तिक २६
नेपाल आर्गानिक प्रकृतिक सुन्दरतालेनै संसारमा चिनिएको छ । यहाँको बिभिन्न  प्राकृतिक स्रोतहरुले आर्गनिक सुन्दरतामा टेवा पुर्याएको छ । यहाँको भुगोल, हिमशृङखला, नदीनाला, पाहाड पर्वत, वन जंगल, मठ मन्दिर लगायतनै यहाँको मुख्य प्राकृतिक सुन्दरताको स्रोत हो ।

नेपालमा प्राकृतिक सुन्दरताको एउटा मुख्य स्रोत हिमशृङखला पनि हो । विश्वमै ८ हजार माथिका १० ओटा हिमालहरु मध्ये नेपालमा मात्रै आठ ओटा छ । जसमध्ये दुई ओटा भने पाकिस्थानमा छ । नेपालमा ८ हजार माथीका हिमालहरु सगरमाथा ८८४८.८६, कञ्चनजङ्घा ८५८६, लोत्से ८५१६, मकालु ८४६२, चोयु ८२०१, धवलागिरी ८१६७, मनास्लु ८०१६ र अन्नपूर्ण ८०९१ रहेको छ । बाँकी दुईओटा नाङगा पर्वत र केटु हिमाल भने पाकिस्तानमा रहेको छ । केटु हिमाल विश्वको सन्दर्भमा दोस्रो अग्लो हिमालको रुपमा परिचित छ । यसको उचाई सगरमाथा भन्दा कम ८६११ मा सिमित रहेको छ । यता नाङगा पर्वतको उचाई भने ८१२६ रहेको छ ।

नेपालमा मात्रै नभई सगरमाथालाई विश्वमै दुर्लभ हिमाल मानिन्छ किनकी यो विश्वमै सबै भन्दा बढी उचाई भएको हिमाल हो त्यो नेपालमा मात्रै छ । सगरमाथाको उचाई साविक ८८४८ मिटर रहेको भएपनि नेपाल र चिनले पछिल्लो समय नापेको उचाईकमा भने बढेर ८८४८.८६ मिटर भएको पुष्टि गरेको छ । नेपालमा पाईने यी आठ हजार माथिका ८ हिमालहरु मध्ये उदयपुरको लिम्चुङबुङ बाट ६ ओटा हिमाल नजिक बाट प्रत्यक्ष नियाल्न सकिन्छ ।

लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यु टप बाट आठ हजार उचाई माथीका ६ ओटा हिमालहरुको दृश्यलाई हेरी रमाउन सकिन्छ । यहाँबाट सगरमाथा लगायत कञ्चनजङ्घा, मकालु, चोयु, लोत्से र लोत्सेसार गरी ६ ओटा हिमाल हेर्न सकिने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जानकारी दिनुभयो ।

राईका अनुसार एभरेष्ट भ्यु टपबाट हिमाल निकै नजिक रहेको महसुस गर्न सकिने पनि बताउनुभयो । लिम्चुङबुङ गाउँपालिका ३ रहेको एभरेष्ट भ्युटप बाट यी हिमालहरुलाई दृश्यअवलोकन गर्न सकिने राईले जनाउनुभयो । राईले हिमशृङखला दृश्यको लागि एभरेष्ट भ्युटपको काम सुरु भईसकेको पनि जानकारी गराउनु भएको छ । भ्युटप निर्माण पछि भने थप व्यवस्थीतका साथ हिमालहरुको दृश्यावलोकन गर्न सकिने उहाँकोे भनाई छ । अध्यक्ष राईले यी हिमालको रमणीय दृश्यलाई पर्यटनको आधारमा प्रयोग गरी गाउँपालिका र पालिकाका जनताहरुलाई आर्थिक स्रोतको रुपमा समृद्धी बनाउने तर्फ उन्मुख हुने जनाउनु भएको छ ।

तस्विरहरु ः पूर्णपुष्टि, खवर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: