Friday, February 7News That Matters

लिम्चुङबुङको एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचना केन्दको आकर्षक भवन निर्माण सुरु

पूर्णपुष्टि, असार ५
लिम्चुङबुङले पर्यटनको क्षेत्रमा तिव्रता दिएको छ । पर्यटनलाई पनि मुख्य आर्थिक स्रोतको रुपमा लिइदै आएको त्यस पालिकाले एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचनाकेन्द्रको आकर्षक भवन आईबार बाट औपचारिक रुपमा निर्माण कार्य शुरु छ ।
उक्त भवन नेपाल सरकारले तयार पारेको पर्यटनको १०० सुचि भित्र पर्न सफल एभरेष्ट भ्यु टप पनि हो । सोही स्थानमा नेपाल सरकार पर्यटन बिभागबाट टेण्डर भई पर्यटकीय सुचनाकेन्द्रको आकर्षक भवन निर्माण सुरु भएको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए ।


अध्यक्ष राईले लिम्चुङबुङलाई जिरो देखी हिरो बनाउने कुरा बिभिन्न माध्यमहरुमा भन्दै आइरहेको अवस्थामा त्यो सपना साकार गर्न यस कामले पनि एउटा इटा थप्न सहयोग गरेको जनाए । भ्यु टप को पनि काम भैरहेको अवस्था छ । त्यस ठाउँबाट ८ हजार माथीका सगरमाथा सहित ६ हिमालहरु हेर्न सकिने छ । पालिकाको उच्च स्थानमा रहेको भ्यु टपबाट रमाईलो वातावारणहरु र दृश्यहरु देख्न सकिने छ । त्यहि दृश्य र वातावरणलाई बेचेर लिम्चुङबुङको विकास गर्ने र जनतालाई धनी बनाउने आफ्नो मुल अठोट रहेको अध्यक्ष राईको भनाई छ । राईले यस कार्यमा महत्वपूर्ण सहयोग गर्ने नेपाल सरकारका माननीय अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन बिभागका तत्कालिन महानिर्देशक रुद्रसिंङ तामाङ, पर्यटन मन्त्रालयका हरिकाजी राई लगायत लिम्चुङबुङवासीहरुलाई बिषेश धन्यवाद समेत व्यक्त गरे ।