
पूर्णपुष्टि, बैशाख १७
लिम्चुङबुङ गाउँपालिकाका निर्वतामान अध्यक्ष तथा उम्मेदवार मेजर कुमार राईले स्थानीय सरकार पछि धेरै विकासका कामहरुले परिवर्तन ल्याएको जनाए । आफुले पालिकाको पाँच बर्ष नेतृत्व गर्दा दुर्गम पालिका सुगम तर्फ उन्मुख हँदै गएको राईले जनाए । विकासमुखी कामले शहरका मानिसहरु समेत लिम्चुङलाई आकर्षित मान्दै आफ्नो माटो तर्फ बाटो पैलाउन थालेको जनाए । लिम्चुङबुङलाई जिरो देखी हिरो बनाउने अभियानमा जुटेका पूर्व अध्यक्ष समेत रहेको राईले जनताहरुका लागि त्यहाँ धेरै काम गरेको दावी गरे ।
राईका अनुसार पालिकामा पर्यटन, कृषि तथा पशुपाल, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली तथा भौतिक पूर्वधारका अत्यावश्यक कामहरु धेरै भएको र केहि योजनाहरु भने हुँदै गरेको अवस्थामा रहेको जनाए । उनले सोहि बाँकी रहेको काम र योजना सँगै नयाँ कार्यलाई थप विकास गर्न अति जरुरी रहेको जनाएको छ । पालिका अध्यक्षको पुनः आकाक्षी रहेको उम्मेदवार राईले बाँकी रहेको काम र भईरहेको योजना सरल र सहजले सम्पन्न गर्न आफ्नो नेतृत्वको आवश्यक रहेको जनाएको छ । उनले आफ्नो कार्यकालमै ठुलो तथा महत्वपूर्ण योजनाहरु सुरुवात भएको भन्दै त्यसको अनुवभ समेत रहेको हुँदा तत्काल काम सम्पन्न गर्न आफु फेरी उम्मेवदवारी बनेको जनाएको ।

उनले यो पटकको चुनाव लिम्चुङबुङको माटो र पालिकावासीले लड्दै गरेको संज्ञा समेत दिएका छन् । समृद्ध लिम्चुङबुङ निर्माणको सोचमा विश्वास गर्ने र अहिले सम्म भए गरेका कामलाई साथ दिन जनताहरुको मतको आवश्यक रहेको राईले जनाए । राईको पाँच बर्षिय कार्याकालमा पालिकामा विकासको कामहरु सडक विस्तार, बिजुली विस्तार, कृषि, शिक्षा, स्वास्थ्यमा पहुँच पुग्ने गरी काम भएको छ ।
स्वास्थ्यका लागि उपयुक्त प्रविधि सहितको उपचार सुरु भएको छ । पर्यटनका लागि भ्युटप निमांयाको काम अगाडी बढेको छ । यता सभाहल, प्रहरी भवन निर्माण भैसकेको अवस्था छ भने प्रशासकीय भवन निर्माणको क्रममा छ । साथै निकै ठुलो योजनाको रुपमा सगरमाथा हाईवेको पनि काम तयारी अवस्थामा छ ।
राईले पूनः एक पटकका लागि विकासको मुल फुटाउ जनताहरुले आफुलाई नै सहयोग गर्ने विश्वकास समेत रोखका छन् । उनले हिरो लिम्चुङबुङको सपना पुरा गर्न सबैले महत्वपूर्ण मत दिएर नेतृत्वमा पुराउन समेत आग्रह गरे ।
