लिम्चुङबुङमा एक जनप्रतिनिधि एमालेबाट माओवादी केन्द्रमा प्रवेश

पूर्णपुष्टि, मंसिर ४ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आज देशभर वडा अधिवेशन चलिरहदा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा एकजना एमालेका जननिर्वाचित वडा सदस्य नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

वडाअधिवेशनको अवसरमा वडा नं. ३ की वडासदस्य कुमारी परियारले एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेकी हुन् । उनीसहित सो वडाका ३० जनाले विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हन् । त्यसैगरी वडा नं. १ बाँसबोटेमा १६ जना माओवादीमा प्रवेश गरेको जनाइएको छ ।

उनीहरुलाई माओवादी नेता एवम् पालिका अध्यक्ष मेजर राई तथा पालिकाको पार्टी सचिव झनक घिमिरेले स्वागत गरेका थिए । लिम्चुङबुङका सबै वडाहरुमा वडाअधिवेशनको उद्घाटन सत्र भब्यरुपले सम्पन्न भएको माओवादी नेता एवम् पालिका अध्यक्ष मेजर राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: