Wednesday, January 14News That Matters

लिम्चुङबुङमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

पूर्णपुष्टि/उदयपुर, मङ्सिर २० ।
नेपाली सेनाकाे श्री पशुपति प्रसाद गणले उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३, बराहस्थित एल.बी. कार्की स्मृति लिम्चुङबुङ अस्पताल परिसरमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेकाे छ ।
लिम्चुङबुङ गाउँपालिकासंगकाे समन्वय तथा सहकार्यमा शिविर भएकाे हाे ।
शिविरमा सैनिक अस्पताल ईटहरी, श्री नं.१८ फिए गुल्म भुल्के, उदयपुर अस्पताल र लिम्चुङबुङ–३ बराहको आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरू सक्रियरुपमा खटिएका  थिए ।
उद्घाटन तथा निरीक्षणमा पालिका अध्यक्ष मेजरकुमार राई, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, श्री पशुपति प्रसाद गण, बाेक्सेका गणपति प्रमुख सेनानी मनोज कार्की, सुरक्षा निकायका प्रमुखहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
शिविरमा जनरल फिजिसियन सेवा, दन्त सेवा, कान–नाका–घाँटी, आँखा जाँच सेवा, प्रजनन तथा जनस्वस्थ्य सम्बन्धी सेवा प्रदान गरिएकाे थियाे । १५१ महिला र १०१ पुरुष सहित २५२ जनाले शिविरमा सेवा पाएका थिए ।