Friday, April 17News That Matters

नेपाली कांग्रेस सुधार अभियान (यु फोर्टीनको ) उदयपुर संयोजकमा कार्की

पूर्णपुष्टि, उदयपुर मंसिर २३ गते ।
नेपाली कांग्रेसले पार्टी मजवुद बनाउन युवाहरुलाई प्राथामिकतामा राखेको छ । नेपाली कांग्रेस सुधार अभियान ९एनसीआरसी० अन्तर्गत पार्टीले यतिवेला युवाहरुलाई आकर्षण गर्ने निति ल्याएको छ । जसको लागि ४० बर्ष मुनिका युवाहरु ९यु फोर्टीन० नै गठन गरेको छ । यहि शिलशिलामा उदयपुरमा पनि रोशन कार्कीको नेतृत्वमा यु फोर्टीन गठन गरिएको हो । यस्ता खाले गठन र नेतृत्वले पार्टीमा युवाहरुको आवश्यकता र पहुँचका् आपश्यकता पुरा गर्ने जनाए । यो नेतृत्व संघ प्रदेश र स्थानीय तह सम्मै लागु हुने गरी कांग्रेस अघि बढेको छ । बिषेशगरी ४० प्रतिशत युवाहरुको भुमिकालाई शुनिश्चित गर्न यो अभियानले सहयोग पुराउने जनाईएको छ । जसमा भ्रष्टचार बिरुद्धको खबरदारी, शुसान कायममा चासो, प्राईमरी इलेक्सनको व्यवस्था, लोकतन्त्रको संरक्षण जस्ता कामहरुमा भुमिका खेल्ने कांग्रेसले जनाएको छ ।