पूर्णपुष्टि, चैत्र ९
लिम्चुङबुङ गाउँपालिकामा ठुलो राशीका साथ प्रदेश नं १ पालिका स्तरीय महिला तथा पुरुष भलिवल तथा टे«ल रेश प्रतियोगिता हुने भएको छ । लिम्चुङबुङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा नयाँ बर्ष २०७९ सालको अवसरमा उक्त प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगिता यहि चैत्र २५ देखी २८ गते सम्म हुने आयोजकले जनाएको छ । पालिकाको ३ नं वडा बाराहामा संञ्चालन हुने उक्त भलिवल प्रतियोगिता महिला तथा पुरुष दुवै विद्यामा हुने समितिका अध्यक्ष मनोज बुढाथोकीले जनाए । बुढाथोकीका अनुसार भलिवल खेल अन्तरगतमा महिला तथा पुरुष दुवै बिजेता टिमले नगद रु १÷१लाख सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेता महिला–पुरुष दुवै तर्फको टिमले नगद रु ५०÷५० हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् यता तृतिय हुने महिला तथा पुरुष दुवै टिमले पनि २५÷२५ हजारको दरले नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने जनाईएको छ ।
खेलमा सहभागी हुन २४ गते सम्म टिम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ । टिम दर्ताका लागि महिला तथा पुरुष दुवै तर्फका टिमले रु ५ हजार शुल्क तिर्नु पुर्ने आयोजकको नियम उल्लेख गरिएको छ । सहभागी खेलाडीहरु पालिका स्तरीय हुनु पर्ने र सोहि पहिचान खुल्ने गरी जर्सि लगाउनु पर्ने जनाईएको छ । खेलमा सहभागी खेलाडीहरुले आफ्नो राम्रो पहिचान खुल्ने गरी स्थायी ठेगानाको प्रमाणपत्र पेश गर्नु पर्ने र खेलाडी आफैले गाँस वाँसको व्यवस्था गर्नु पर्ने जनाईएको छ ।
यसैगरी टे«ल रेश प्रतियोगितामा पनि महिला पुरुष दुवैले सहभागी जनाउन पाउने जनाईएको छ । ट्रेल रेश प्रतियोगिताका संयोजक गिरिराम राईका अनुसार प्रतियोगितामा उपाधिका लागि १५ किलोमिटर पार गर्नु पर्ने जनाईएको छ ।
राईले खेलाडी दर्ताको कामलाई २७ गते सम्म राखिएको र खेलाडी आफैले खाने वस्नेको व्यवस्था गर्नु पर्ने समेत जनाएको छ । संयोजक राईका अनुसार प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष दुवै तर्फका विजेतालाई नगद रु २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुनेले रु १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । यता तेस्रो हुने पुरुष तथा महिला तर्फका दुवै विजेताले नगद रु १० हजारका दरले नगद सहित ट्रफि, मेड र प्रमाण पत्र प्राप्त गर्ने जनाईएको छ ।