Tuesday, January 14News That Matters

लिम्चुङबुङमा फस्टायो व्यवासायीक च्याउ खेती

पूर्णपुष्टि, माघ ५
लिम्चुङबुङ गाउँपालिकाको समृद्धिको विकासको रुपमा रहेको कृष अहिले त्याहाँको जनताहरुले व्यवसायको रुपमा अघि सारेको छ । कृषिलाई मुलभुत बनाउने एजेन्डा, सहयोग र आधुनिकिकरण, प्राविधिकरण र प्रत्यक्ष ज्ञानको कमिले आफ्नो उर्वरा माटोलाई छाडेर पैसा कमाउन र एक छाक खान सयौँ युवाहरु विदेशिने गरेको सो पालिकामा अहिले तिनै युवाहरु व्यवसायी कृषिमा आकर्षित बनेका छन् । आफ्नै ठाउँको माटो र कर्मलाई नबुझेर स्थानीय सरकार आउनु अघिनै सयौँ युवाहरु विदेश पलायन भईरहेको अवस्थामा अहिले तिनै युवाहरुले कृषि कर्मलाई अगढी बढाए सँगै त्याहाँको कृषि व्यवसायीकरणमा परिवर्तन भएको हो । गाउँपालिकाले कृषि क्षेत्र लाई निकै महत्त्वपूर्ण कार्यक्रमको रूपमा अगि सारे संगै यहाँका कृषकहरुको कृषि पेशा थप व्यवसायीकरणमा सहयोग स्वयम कृषकहरु बताउँछन् ।

पालिकाले कृषि क्षेत्रलाई निकै महत्त्वपूर्ण योजनाका साथ अध्यक्ष कृषि परियोजना कार्यक्रम जै बनाएर अघि बढेको छ । सोहि अनुरुप अध्यक्ष कृषि परियोजना मार्फत जनताको समृद्धीको आधारशिल नै कृषि रहेकि लिम्चुङ्बुङ गाउपालिका अध्यक्ष मेजर कुमार राईले बताए । अध्यक्ष राईले अध्यक्ष कृषि परियोजना जनतालाई धनी बनाउन ल्याइएको महत्त्वपूर्ण योजना रहेको समेत बताए । अध्यक्ष कृषि परियोजना अन्तर्गत पालिकामा अहिले च्याउ खेती प्रवर्द्धन कार्यक्रम निकै फस्टाएको पाईएको छ ।

लिम्चुङबुङमा च्याउ खेती दिगो व्यवसायको रुपमा समेत विकसित हुँदै गएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन कुमार लिम्बुले बताए । पालिकाका अध्यक्ष राईका अनुसार अहिले सोहि परियोजना अनुरुप पालिकाका बिभिन्न वडाका कृषकहरुले च्याउ खेतिलाई व्यवसायीकरण गरिरहेको जनाए । अहिले लुम्चुङबुङमा गाउँपालिकाको सहयोगमा वडा नम्बर १, कुनाहीमा बलराम माझी, वडा नम्बर १ को डुम्रेमा निमा राइ, वडा नम्बर ३ मा युवराज मगर, वडा नम्बर ४ लाकुमा सन्तोष राई र वडा नम्बर ५ जाँतेमा झलक बुढाथोकीले च्याउ खेती गरिरहेको अध्यक्ष राईले जानकारी दिए ।

उनिहरुलाइ पालिकाले प्रत्येक १०० पोका च्याउ, च्याउ घर बनाउने प्लास्टिक, पराल बफ्याउने ड्रम वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत लिम्बुले जानकारी दिए । पालिकाको एक लाख सहयोगमा भएको च्याउ खेतीको हजार केजि उत्पादनको लक्ष्य रहेको र प्रती लट प्रती व्यक्ति ४० हजार कमाउन सक्ने पालिकाका कृषि विकास अधिकृत जन्जित अधिकारीले बताए । स्थानीय सरकारले गरेको सहयोग बाट च्याउ खेती गरेर दैनिकी ५, ७ केजि बेच्न थालेको वैदेशिक रोजगार बाट फर्किएर च्याउ खेती गर्न थालेका लिम्चुङ्बुङ ५ जातेका कृषक झलक बुढाथोकीले बताए ।