
पूर्णपुष्टि, बैशाख ७
लिम्चुङबुङमा व्यक्तिगत घटनादर्ता सप्ताह अभियान भव्य भएको छ । देशैभर रहेको पालिकाहरुले हरेक वर्षको वैशाख १ गते देखि ७ गते सम्म हप्ताभरी मनाउने सप्ताह, लिम्चुङबुङ गाउँपालिकाले पनि बिभिन्न कार्याक्रमको आयोजना गरी मनाएको हो ।
यस सप्ताहमा बिषेशगरी व्यक्तिगत घटनादर्ता, जन्म, मृत्यु, विवाह, बसाईसराई तथा सम्बन्ध विच्छेद घटनालाई बिषेश प्राथामिकतामा राखेर काम गरिन्छ । व्यक्तिगत घटना तर्दा छुटेको ३५ दिन भित्र निशूल्क रुपमा आफ्नो वडा कार्यालयमा दर्ता गरौँ भन्ने मूल सन्देश तथा सचेतना फैलाउनको लागि सप्ताह कार्यक्रम मनाएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखा लिम्चुङबुङ गाउँपालिकाका प्रमुख रुपा राईले बताईन् ।

सप्ताह अबधिभर पालिकामा बिभिन्न कार्यक्रमहरु रेडियो अन्तरवार्ता, प्रभातफेरी, विद्यार्थीहरुलाई फ्लेक्स मार्फत शन्देस जस्ता महत्वपूर्ण कार्यक्रम गरेकोे राईले बताईन् ।
लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर राईका अनुसार व्यक्तिगत घटना दर्तालाई सामान्य रुपमा पंंन्जिकरण भनेर पनि बुझिने जनाएको छ । अधिकृत राईले पंन्जिकरण भन्नाले कुनै व्यक्तिको जन्म देखी मृत्यु सम्मको सम्पूर्ण घटना दर्ता गर्ने प्रक्रिया रहेको जनाए ।
यस भित्र जन्म, मृत्यु, विवाह, बसाईसराई तथा सम्बन्ध विच्छेद गरी ५ घटनाहरु पर्ने गरेको राईले जनाए । हेर्दा सामान्य भएपनि व्यक्तिगत घटना दर्ता जिवनको निकै उपयोगि र महत्वपूर्ण बिषय रहेको राईको भनाई छ । यसलाई सामान्य लिएर प्रक्रिया छुटेमा पछि जिवनमा थुप्रै वाधा अबरोध पुराउने समेत राईले पुष्टि पारे ।

यो घटना अझै पनि गाउँठाउँमा प्रसस्त रहेको र यसलाई निर्मुल पार्न सबैले चेतना फैलाउनु पर्ने अधिकृत राईले सुझाए । राईले धेरै अबिभावक तथा सम्बन्धित व्यक्तिहरु स्वयम पनि यस घटनाको अवस्थालाई नबुझेर दुखपाउने गरेको जनाए । अधिकृत राईले सप्ताहको क्रममा एक रेडियो कार्यक्रममा अन्तरवार्ता दिँदै चेतनाको अभावले यस्ता समस्याहरु आईरहेकाले सप्ताहकै रुपमा यसलाई सन्देश फैलाउने काम भएको जनाए । राईले यस रेडियो अन्तरवार्ता मार्फत नै व्यक्तिगत घटनावारे सबैमा सन्देस छर्दै यसमा सबै सचेत रहन समेत अनुरोध गरे ।
व्यक्तिगत घटना सामान्य रुपमा जाहाँ पनि घटिरहेको पाईन्छ । यसलाई बुझेर बेलैमा घटेका घटनाको दर्ता गरी प्रक्रिया पुराई ढुक्क रहन लिम्चुङबुङ गाउँपालिकाको अनुरोध छ । घटना घटेको ३५ दिन भित्र वडा कार्यालयमा गई दर्ता गरेमा निशूल्क दर्ता गरिने र ३५ दिन पछाडी दर्ता गर्दा विलम्ब शूल्क २०० लाग्ने भएकोले सबै नागरिकले निशूल्क घटनादर्ता पनि पालिकाले अनुरोध गरे । सप्ताह कार्यक्रम लिम्चुङबुङ गाउँपालिका, राष्ट्रिय परिचय पत्र तथा पंञ्जिकरण शाखाको सहकार्यमा भव्य भएको हो ।
पालिका अध्यक्ष मेजर कुमार राईले र्यालीको क्रममा घटना दर्ताबारे सबैलाई सचेत रहन अनुरोध गरे । यस सप्ताहले पालिकावासीहरुलाई सचेत बनाउनेमा ढुकक रहँदै बाल बिबाहको भने बिबाह दर्ता नहुने कुरामा प्रस्ट्याए । अन्तत अन्य घटनाहरुको भने ३५ दिन सम्म निशुल्क गर्न सकिने र त्यस उता भने बिलम्ब शुल्क लाग्ने लगायतको प्रकृयाको बारेमा सबै व्यक्तिले बुझ्नुपर्ने बताए ।



