Thursday, June 4News That Matters

लिम्चुङबुङ अध्यक्षमा मेजर राईसहित ५ जनाकाे उम्मेदवार

पूर्णपुष्टि, वैशाख  १२ । लिम्चुङबुङ गाउपालिकाकाे अध्यक्ष पदमा गठबन्धनकाे तर्फबाट नेकपा माओवादी केन्द्रका मेजर राईले उम्मेदवारी दर्ता गराएका छन् । साे पालिकामा मेजरसहित पाँचजनाले अध्यक्षमा उम्मेदवारि दिएका छन् । नेकपा एमालेबाट राजकुमार राईले दर्ता गराएका छन् । तीन जनाले स्वतन्त्र उम्म्दवारकाे रुपमा अध्यक्षमा दर्ता गराएका छन् । स्वतन्त्र उम्मेद्वार भलराज राई र यादवकुमार राईले नेकपा एकरमाले विरुद्ध बागी लगाएका हुन् भने हाेम किरातीले माओवादि केन्द्रमा वागि दिएका हुन् ।