
पूर्णपुष्टि, फागुन १४ ।
साताै लिम्चुङबुङ स्थापना दिवससंगै लिम्चुङबुङ कभर्डहलकाे आज उद्घाटन भएकाे छ । कभर्डहलकाे उद्घाटन प्रमुख अतिथि जिल्ला ब्याड्मिन्टन संघ, उदयपुरका अध्यक्ष कालिदास राई (किसन) ले गर्नुभयाे ।
गाउँपालिकाहरु मध्ये कभर्डहल उद्घाटन गर्नेमा लिम्चुङबुङ पहिलाे भएकाे छ । कभर्डहलकाे उद्घाटन गर्दै प्रमुख अतिथि राईले गाउँगाउसम्म कभर्डहल स्थापना भईरहेकाेमा खुसि ब्यक्त गर्नुभयाे । संघकाे तर्फबाट लिम्चुङबुङकाे ब्यड्मिन्टन लगायत अन्य खेलकुदमा सहयाेग गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयाे । पालिका अध्यक्ष मेजरकुमार राईले लिम्चुङबुङ अन्य क्षेत्र जस्तै खेल क्षेत्रलाई अगाडि बढाएकाे बताउनु भयाे । पालिकालाई खेल पर्यटनकाे रुपमासमेत अगाडि बढाउने उहाँले बताउनुभयाे ।
ब्याडमिन्टन संघ पूर्व केन्द्रीय उपाध्यक्ष रमेश भट्टचनले लिम्चुङ्बुङले कबर्डहल निर्माण गर्नु आफैमा सिर्जनात्मक काम भएकाे बताउनुभयाे ।उहाँले यहाँ पर्यटनकाे ठुलाे सम्भावना देखिएकाे बताउनुभयाे ।
प्रदेश र गाउँपालिकाकाे करिव एक कराेड लगानीमा निर्मित कभर्डहलमा सिङ्गल काेर्ट रहेकाे छ ।
पालिका स्थापना दिवसकाे अबसरमा ब्याड्मिन्टन प्रतियाेगितासमेत आयाेजना गरिएकाे छ ।
प्रतियाेगितामा पुरुष डबल्समा आठ टिम र महिला डबल्समा चार टिम रहेका छन् । विजयी टिमलाई पुरस्कारकाे ब्यवस्था गरिएकाे छ ।