
पूर्णपुष्टि, पुष २२
सुनसरीमा लुटपाटमा संग्लग्न २ जना युवा पक्राउ परेको छ । ईनरुवा नगरपालिका–२ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका हुन् ।
देवानगञ्ज गाउँपालिका–५ घर भई ईनरुवा–१ मा बस्दै आएका २२ बर्षीय गजेन्द्र प्रसाद ठाकुर र महदेवा गाउँपालिका–५ सप्तरी घर भई ईनरुवा–१ बस्दै आएका २१ बर्षीय मुकेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यही पौष १७ गते बिहान साँढे ६ बजेको समयमा ईनरुवा नगरपालिका–९ मा पण्डितलाई छुरा प्रहार गरी पण्डितसंग रहेको नगद तथा मोवायल लुटपाट गरी फरार रहेका दुबैलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
नियन्त्रमा रहेका दुबैको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
