
पूर्णपुष्टि, माघ १३
उदयपुरको त्रियुगा नगरपालिका घर भएका प्रविन राई भर्खरै पठाऔमा संलग्न भएर काम थालेका थिए । २४ बर्षिय प्रविन करिब डेड महिना अघि काठमाण्डौँ आएर पठाओमा आफ्नो मोटरसाईकल दर्ता गरी यात्रु ओसार पसारमा लागेका थिए । माघ ८ मा उनी कोटेश्वर चोकमा यात्रु कुरिरहेका थिए । रात छिप्पिँदै थियो, करिब ११ बजेर ३० मिनेट गएको थियो । एकजना यात्रु आएर सोधे– पठाओ हो प्रविनले भने– हो ।
यसरी उनलाई सोध्ने यात्रु थिए सिन्धुलीको मरिण घर भएका २१ वर्षीय सुमन तामाङ । सुमनले उनलाई भने– गाडी पाइएन, मलाई अप्ठ्यारो परेको छ, धापाखेलसम्म छाडिदिनुस् न ।सुरुमा प्रविणले मानेका थिएनन् । सुमनले आफू ‘वायरिङको काम गर्ने मान्छे’ रहेको भन्दै धापाखेलसम्म लगिदिन आग्रह गरे । त्यसपछि राइडर ‘अफलाइन’मा धापाखेल जान राजी भए । त्यस रात आफुलाई लुटपाट हुन्छ भन्ने कुरा प्रविनलाई केहि थाहा थिएन् । तामाङ र उनको अर्का साथीको भने प्रविनलाई लुट्ने योजनामा गन्तव्य तर्फ आफुलाई छाड्न भन्दै थिए ।
लुटेरा सुमन तामाङ र उनका अर्का साथीको लुटपाट गर्ने आफ्नो बेग्लै कोड भाषा थिए । त्यो भाषा प्रविनलाई थाहा भएन् । सुमनले बिनराज लाई फोन गर्दै भन्यो खाना तयार गर्नु म आउँदैछु । यो नै उनिहरुको कोड भषा थियो । यसको मत्लव म मान्छे लिएर आउँदैछु आफ्नो ठाउँमा योजना बारे तयार भएर बस्नु । यो भषा उनिहरुले मात्र बुझ्ने भएको हुँदा प्रविनले ढुक्कका साथ यात्रु सम्झेर गन्तव्य सम्म छाड्न जाँदै थिए ।

धापाखेल सम्म भनेको पाठाओ सुमनले अझै अगाडी सम्म जान जवरजस्ती गर्दै थिए । बालकुमारी पुल कटेपछि सुमनले आफ्नो साथीलाई फोन गरेर भने– म आउँदै छु, खाना तयार गर्नु । उनले फोन गरेका साथी थिए, खोटाङको हलेशी नगरपालिका–३ घर भई धापाखेल बस्ने बिनराज राई ।
साथीको फोनपछि २६ वर्षीय बिनराज उता लुट्न तयार भएका थिए । ‘खाना तयार गर्नु’ भनेको लुटमा संलग्नहरुले प्रयोग गर्ने कोडभाषा रहेको महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी दिनेश घिमिरेले बताए ।
सुमनको फोनपछि बिनराज आँखीदहस्थित एकान्त ठाउँमा गएर तयारी अवस्थामा बसे । उनले दुईवटा काठको लौरा, टेप र हातखुट्टा बाँध्न मफलर तयार गरेका थिए । बाटोमा पठाओ राइडरले ‘टाढा रहेछ म फर्किन्छु’ भन्न थालेपछि सुमनले फकाउँदै आँखीदहमा पुर्याए ।

सुमन ओर्लेपछि प्रविनले मोटरसाइकल घुमाउन खोजेका थिए, त्यहिबेला लुकेर बसेका विनराजले उनलाई पछाडिबाट लौरोले हिर्काए । बिनराजले सुमनलाई पनि लौरो दिए । त्यहाँ केहिबेर लडाइँ भयो । लुटेराले पेटमा लात्ता हानेपछि प्रविन मुकाबिला गर्न सकेनन् । अनि, सुमन र बिनराजले साथमा रहेको मफलरले प्रविनको हातखुट्टा बाँधे, मुखमा पानी टेपले बाँधेर भिरालो ठाउँबाट पल्टाए ।
मोटरसाइकल, प्रविनको खल्तीमा भएको ८ हजार नगद र सामसङ कम्पनीको ए–५० मोबाइल लिएर उनीहरु फरार भए ।
झाडीमा फालिएका प्रविनले विस्तारै खुट्टा फुकाए । अनि, घटनास्थलबाट केही पर रहेको घरमा गएर ढोका ढकढक्याए । स्थानीयले प्रहरी कन्ट्रोलमा फोन गरेर ‘अपरिचित व्यक्तिले गेट ढकढक्याएको’ जानकारी दिए । धापाखेल चोकमा ड्युटीमा रहेका प्रहरी तत्काल घटनास्थलमा पुगे । प्रविनले आफूलाई अपहरण गरेर दुईजना युवाले लुटेको ती प्रहरीसमक्ष बताए ।

प्रहरीले उनलाई त्यहाँबाट उद्धार गरेर पाटन अस्पताल लग्यो । लुटेराको प्रहारबाट उनी हिँड्न सक्ने अवस्थामा थिएनन्, एउटा हात भाँचिएको छ ।
घाइतेलाई उद्धार गरेपछि प्रहरी लुटेराको खोजीमा जुट्यो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरे र इन्स्पेक्टर हरि वली सहितका अनुसन्धान अधिकृत प्रदेश–२ को ११६६ नम्बरको मोटरसाइकलको खोजीमा जुटे ।

प्राविधिक पक्ष विश्लेषण गर्दा आरोपितहरु कलंकी पुगेको खुल्यो । अनि, प्रहरीले कलंकीबाट नागढुंगासम्म स्वीप अपरेशन चलायो । बलम्बुस्थित ‘चन्द्रागिरि रिकण्डीशन’मा लुटिएको मोटरसाइकल देखियो । लुटेरामध्येका एकजना त्यहाँ मोटरसाइकल किन्न आग्रह गर्दै थिए । उनी भन्दै थिए, ‘बुबा बिरामी हुनुभो, कागजपत्र पछि ल्याईदिउँला मोटरसाइकल राखिदिनुस् ।’
चन्द्रागिरि रिकण्डीशनका सञ्चालकले आफू नकिन्ने बरु सो मोटरसाइकल कलंकीमा रहेको ‘कलंकी अटो इन्टरप्राइजेज’ले किन्न सक्ने जानकारी दिए । प्रहरीले विनराज राईलाई त्यहीँबाट नियन्त्रणमा लियो । ‘सुमन कलंकीमा पर्खिरहेका थिए,’ डिएसपी घिमिरे भन्छन्, ‘त्यसपछि हामीले सुमनलाई कलंकीबाट नियन्त्रणमा लियौं ।’
प्रविनको प्रदेश–२–०१–००१ प ११६६ नम्बरको मोटरसाईकल, मोवाईल र पैसा चोरीका आरोपितहरुमाथि डाँकाचोरी र ज्यानमार्ने उद्योग मुद्दामा ७ दिनको म्याद लिएर महानगरीय प्रहरी वृत सातदोवाटोले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

