Saturday, May 16News That Matters

उदयपुरमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

पूर्णपुष्टि, माघ १३
उदयपुरमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । ताप्ली गाउँपालिका ३ बगले भिरबाट खसेर ५० बर्षिया लक्ष्मीमाया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
रत्न बहादुर तामाङका श्रीमती लक्ष्मी घर नजिकैको बगले भिरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।

लडेर मृत अवस्थामा आफन्तले फेला पारेपछि प्रहरीलाई खबर गरेको र प्रहरीचौकी रामपुर झिल्केको टोली घटना स्थलमा गई थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि ईलाका प्रहरी कार्यालयको प्रहरी निरिक्षक सहितको टोलीले घटना बारे बिस्तृत बुझिरहेको जनाएको छ ।