
पूर्णपुष्टि, बैशाख ११
लोकतान्त्रिक थारु संघ उदयपुरका अध्यक्ष रमाकान्त चौधरीले एमाले परित्याग गरेको घोषण गरेका छन । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै एमालेमा नरहने घोषण गरेका हुन् । उनले फेसबुकमा लेखेका छन“आजको मितिबाट नेकपा एमाले परित्याग गरेको घोषण गर्दछु ।
एमाले परित्याग गरेका रमाकान्त चौधरी एमाले त्रियुगा नगरसमितीका सदस्य तथा त्रि.न.पा.६ का वडा ईन्चार्ज समेत हुन् । चौधरीको त्रि.न.पा.६ मा मतदातामा राम्रो पकड छ । उनि बिषेश गरी युवामाझ लोकप्रिय छन् । चौधरीले पार्टी परित्याग गरे सँगै त्रियुगा नगरमा एमालेलाई ठुलो धक्का लाग्ने देखिन्छ ।
रमाकान्त चौधरी हिजो भएको जिल्ला फुटवल संघ उदयपुरको अध्यक्षमा एकमतले पराजित भएका थिए । अफुलाई एमालेका नेता लागेर हराएको भन्दै उनले पार्टी परित्याग गरेको बुझिएको छ ।
