Sunday, May 17News That Matters

वडावासीहरुको मागलाई प्राथामिकता दिएर काम गरेका छौ : अध्यक्ष चौधरी

 

पूणर्पुष्टि, असार, १०

त्रियुगा नगरपालिका वडा नं १३ की वडा अध्यक्ष पशुपति चौधरीले वडावासीहरुको माग र आवश्यकतालाई पहिलो प्राथामिकता दिएर काम गरेको बताउनु भएको छ ।

वडामा विकासमुखि कामहरु थुप्रै भएको र त्यो सबै वडावासीहरुको माग अनुरुप कै काम भएको चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले विकासकै लागि जनप्रतिनिधिहरु जनताका लागि नजिक भएर काम गर्न आएको कारण १३ नं वडामा जनतामुखि काम भएको बताउनुभयो ।

उहाँले अन्य वडाहरुले भन्दा समयमै कार्यसम्पादन गर्नुका साथै धेरै कार्यहरु गरेको समेत बताउनुभयो । १३ नं वडामा जनताहरुको प्रत्यक्ष आधारभुत आवश्यकता अनुरुप विकासे योजना तथा कार्यहरु भएको  चौधरीले बताउनुभयो ।

वडाले विकास, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, महिला बालबालिका तथा जेष्ठ नागरिक  लगाएतका कामलाई उच्च प्रथामिकता दिएर काम गर्नुका साथै सामाजिक अपराधहरु महिला तथा घरेलु हिंसा, लागुऔषाध दुव्र्यसन जस्ता कार्यलाई पनि नियन्त्रण गर्न सफल भएको जनाउनुभयो ।

अध्यक्ष चौधरीले वडामा ३ बर्षको अबधिमा भौतिक पूर्वधारको क्षेत्रमा मात्रै ६६ ओटा भौतिक योजनाहरु सम्पन्न गरिसकेको बताउनु भएको छ । त्यसमा उदयपुरमा निर्माण भइरहेको उदयपुर जिल्लाकै नमुना सभाहलमा वडाले व्यवस्थापनको कामलाई जोड दिएका छन् भने थारुहट रंगशाला निर्माणमा वडा अन्तिम चरणकको काममा लागि परिरहेको छ । वडाले लक्ष्मिपुर देखि धरान चतारा सम्मको सडकलाई पिच गर्ने कार्यमा पनि कदम चालेको छ । लकडाउनका कारण त्यसलाई निरन्तरता दिन नसकेको अध्यक्ष चौधरीले बताउनुभयो । यता बरुवा बसपार्कको भौतिक संरचनाको व्यवस्थापनमा पनि वडा अन्तिम चरणमा पुगेको चौधरीले बताउनुभयो ।

यो बाहेको अन्य कामहरु बरुवा बाँध निर्माण, त्रियुगा खोला नियन्त्रणको लागि बाँध निर्माण, वडाको बिभिन्न स्थानमा जनताहरुकै माग अनुरुपको मठमन्दिर निर्माण, असारी खोला नियन्त्रण, वस्ति स्थरमा नाली निर्माण, खानेपानी ट्याङकी, वस्ति स्थरमा कुलो सिंचाइ निर्माण आदि कार्यहरु पनि वडाले गरिसकेको चौधरीले बताउनुभयो ।

यसै गरी सामाजिक क्षेत्रमा पनि वडाले महत्वपूणर् कार्यहरु सम्पादन गरिसकेको छ । युवाहरुलाई खेलकुद सामाग्री, जेष्ठ नागरिक तथा अति विपन्न दलित समुदायहरुमा न्यानो कपडा, सरसफाइ सम्बन्धि अति विपन्नहरुलाई ट्वाइलेट र पेन्सिट वितरण, मैला हिंसा तथा महिला क्षमता विकासका तालिम सञ्चालन, वडा प्रोफाइल तयारी, र बालमैत्रि घोषणाको अन्तिम तयारी, पर्यटन सम्बन्धि कार्यक्रम तथा सामान खरिद, बहुपोषण क्षेत्रिय कार्यक्रम, लागुऔषाध दुव्र्यसनको नियन्त्रण, अपङगता व्यक्तिहरुलाई सिप मुलक कार्यक्रम, बालबालिकाहरुलाई सरसफाई र चौतर्फी विकासको कार्यक्रम लगाएतका कामहरु सामाजिक क्षेत्रबाट भएको छ ।

यता शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तरीताको लागि वडाले सामानहरु वितरण गर्नुका साथै विद्यालयमा सरसफाइ कार्यक्रम गर्दै आएको छ । वडामा पछिल्लो लकडाउनको समयमा महिला हिंसा बढेपछि थप चुनौती बेहोर्नु परेको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले यसलाई पनि परामर्श विधिबाट व्यवस्थापन गर्दै न्युनिकरण गर्न सफल भएको बताउनुभयो ।

कृषिमय वडाको रुपमा रहेको १३ नं वडामा कृषि क्षेत्रमा एक उदाहरणीय र ठोस काम भइरहेको चौधरीले बताउनुभएको छ । वडाको वहेडुवा स्थित कृषकहरुलाई आत्मनिर्भरका लागि चक्लाबन्दि खेतिको यहि असार १५ गते उत्घाटन गर्ने चौधरीले बताउनुभयो ।

विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले वडामा पनि ठुलो असर पारेको बताउनुभयो । वडाले यहि बार्षभित्र सक्नु पर्ने केहि कामहरुलाई प्रभावित बनाउनुका साथै अचानक यसको रोकथाम र नियन्त्रणमा वडाले चुनौतीको रुपमा सामना गर्नु परेको बताउनुभयो । भाइरसका कारण कुनै सम्पन्न हुनु पर्ने कार्य तथा कुनै सुरुवात गर्नु पर्ने कार्यहरुमा समेत बाधा पुराएको चौधरीले जनाउनुभयो ।

उहाँले कोरोनाका कारण मुलुकमा भएको लकडाउनले वडावासीहरुमा आएको चुनौतीलाई पूणर् रुपले सामधान तर्फ लागि परेको बताउनुभयो । कोरोनाबाट वडावासीहरुलाई सुरक्षित तथा सचेतनाको लागि बिभिन्न शन्देशमुलक कार्यक्रम, स्वास्थ्य सामाग्री वितरण र ३ चरणको राहत वितरण वडाले गरेको छ ।

चौधरीले भाइरसकै कारण वडामा उत्पादन भएको कृषि उपजहरु विक्रि वितरणमा पनि ठुलो समस्या आएको बताउनुभयो । कृषि बाट आत्मानिर्भर रहेको १३ नं वडामा कृषि उपजहरु खेर गैरहँदा कृषकहरुको आम्दानीको बाटो रोकिनुका साथै भोकमरीको अवस्था सिर्जना हुने बेला यसको पनि व्यवस्थापनमा वडाले गरेका थिए ।