
पूर्णपुष्टि, असोज २ ।
त्रियुुगा नगरपालिकाको वडा नं. १६ ले आर्थिक बर्ष ०७८/०७९ को प्रगति विवरण हिजो सार्बजनिक गरेको छ । वडा कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष मानबहादुर राइले बिवरण सार्बजनिक गर्दै एक आर्थिक बर्षमा वडाले गरेको कामहरुको समिक्षा गरेका थिए । समृद्ध वडा बनाउने अभियान अनुुरुपका काम र प्रगति भएको वडाध्यक्ष राईले बताए । कार्यक्रममा सहभागीहरुले गतबर्ष वडाले गरेको कार्य जनअपेक्षा बमोजिम रहेको भन्दै खुसी ब्यक्त गरेका थिए । साथै विभिन्न सुुझावहरु पनि राखेका थिए । सुुझावमा वडा कार्यलयसम्म जाने सडकको स्तरोन्नती गर्न जोड दिएका छन्।
वडाध्यक्ष रार्इले सोही कार्यक्रम मा आर्थीक बर्ष ०७९/८० को बजेट योजना सार्बजनिक गरेका छन् । बजेट योजना सार्बजनिक गरेर पारदर्शिता गरेको भन्दै स्थानीय राजनीतिक दलका नेताले बिनियोजित कार्यक्रमको समर्थन गरे ।
कार्यक्रममा राजनीतिक दलका गाउँ प्रमुुख तथा प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, नागरिक समाज, समाजवेवी, प्रधानाध्यापकहरु, शिक्षक, विद्यार्थीहरुको सहभागिता थियो ।
