Monday, June 22News That Matters

(वन टेस्ट) बुलेटको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्णपुष्टि, जेष्ठ ३१ 
मोरङको बिराटनगर महानगरपालिका– १४ रानी–बिराटनगर सडक खण्डमा (वनटेस्ट बुलेट) परिक्षणमा राखिएको मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ६० बर्षीय मजेबुल मिया रहेका छन् ।

आज बिहान साढे ८ बजे बिराटनगरतर्फ जाँदै गरेको मोटरसाईकलको ठक्करबबाट सोही दिशातर्फ जाँदै गरेका मिया घाईते भएका थिए । घाईतेलाई बिराटनगर स्थित न्युरो अस्पताल लगिएकोमा उपाचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकल र चालक भारत मझपुरका ५९ बर्षीय बिन्देश्वर रामलाइ ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।