
पूर्णपुष्टि, जेष्ठ ३१
उदयपुरको त्रियुगा नगरपालिका स्थित फुलजोरमा श्रीमानले श्रीमतीलाई छुरी प्रहार गरी स्वयम आफैलाई पनि प्रहार गरेको छ । मनदभण्डारी राजमार्ग अन्तर्गत पर्ने फुलजोरमा स्थानीयबाट बुझिए अनुसार जेठी श्रीमतीलाई छुरी प्रहार गरी आफैलाई प्रहार गरेको जनाएको छ ।

श्रीमतीलाई प्रहार गरे पश्चात आफैलाई प्रहार गरी त्रियुगा नदी किनारमा ढलेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र वोहोराका अनुसार छुरी प्रहार भएको तर पूर्ण जानकारी र बिवरण भने आफैलाई पनि थाहा नभएको जनाए । उनले यसको बारेमा डिएसपीलाई निर्देशन दिएको जनाए । अहिले घाईतेलाई धरान घोपा पठाईएको बाँकी विवरण आएपश्चात जानकारी गराउने जनाएको छ । श्रीमतीको पेटमा छुरी प्रहार भएको छ । उनी घाईते अवस्थामै रहेको छ भने श्रीमान बने नदी किनारमा ढलेको पाईएको छ ।
