
पूर्णपुष्टि, जेष्ठ ३१
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरले हालै नवनिर्वाचित भएका त्रियुगाका नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्ममान कार्यक्रमको आयोजना गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबार संघले कार्यलयमै भव्य स्वागत तथा सम्मान गरेको हो ।
नवनिर्वाचित मेयर वसन्त वस्नेत लगायत वडाअध्यक्ष तथा सदस्यहरुलाई सम्मान तथा स्वागत गरेको संघकी जिल्ला अध्यक्ष ज्ञानु प्रधानले बताईन् ।
निर्वाचित जनप्रतिनिधिहरुलाई भव्य स्वागत सम्मान सहित बधाई ज्ञापन पनि गरिएको थियो । नगर प्रमुख वस्नेतकै प्रमुख आतिथ्यतामा जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरिएको प्रधानले बताईन् ।
उक्त कार्यक्रममा मेयर वस्नेत सहित ११, १२, र ३ का वडाध्यक्ष तथा सदस्यहरु उपस्थिति रहेका थिए । उपप्रमुख महेश्वरी राई भने उपस्थिति हुन सकेकी थिईनन् । यस्तैगरी कार्यक्रमको अवसरमा त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रासाईलीले नवनिर्वाचित प्रतिनिधिहरुलाई बधाई व्यक्त गरे ।

