Wednesday, April 22News That Matters

वाईसियल भलिबलको उपाधि खाबु कुभिन्डेलाई

पूर्णपुष्टि, कार्तिक ४ । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा भएको खुल्ला पुरुष भलिबलको उपाधि खाबु कुभिण्डेले जितको छ । नेकपा (माओवादी केन्द्र) को जारी बिशेष रुपान्तरण अभियान अन्तर्गत योङ कम्युनिष्टलिग (वाईसिएल) नेपाल साउनेद्वारा आयोजित प्रतियोगिताको फाईनलमा त्रि.न.पा. १५ खॉबु कुभिन्डेले त्रि.न.पा. ७ चुहाडेलाई पराजित गर्दै उपाधि जितेको हो ।

शुक्रबार भएको फाईनल खेलमा दुबै टोलीले २–२ सेट जितेको थियो भने अन्तिम सेटमा चुहाडेलाई ११ मा रोकेर खाबुँले उपाधि चुमेको हो । प्रतियोगिताको प्रथम टोली खाबु कुभिण्डेले मेडल, प्रमाणपत्र र नगद रु. १५ हजार प्राप्त गरे भने दोस्रो टिम चुहाडेले मेडल, प्रमाण पत्र र नगद रु. १० हजार प्राप्त गरे । कार्यक्रममा प्रमुख अतिथि एन्फाको महासचिव किरण राई ,त्रिनपा १४ को वडाअध्यक्ष हेम मगर लगायतले सयुक्त रुपमा विजेता टोलीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

सो अवसरमा महासचिव राईले नेकपा माओवादीको जारी रुपान्तरण अभियानले पार्टीलाई मजबुत र व्यवस्थित गर्दै लगेको र जनतालाई उत्साहित पारेको बताए । त्यसैगरी नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटी सचिव कुरुङ राईले जनतासङ्ग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत पुरुष खुल्ला भलिबल खेल संचालन गरेको बताए। उनले जारी अभियानसङ्गै पार्टीप्रती युवाहरूको प्रगाढ सम्बन्ध र आकर्षण बढेको बताए । अर्का वक्ता वडाध्यक्ष मगरले इतिहासमा माओवादीले भ्रष्टाचारको फाईल खोलेर अगाडि बढेकाले जनतामा माओवादी पार्टीप्रतिको बिश्वास बढदै गएको बताए।

नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटी सचिव कुरुङ राईले जनतासङ्ग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत पुरुष खुल्ला भलिबल खेल संचालन सङ्गै पार्टीप्रती युवाहरूको प्रगाढ सम्बन्ध र आकर्षण बढेको बताए । राईले ईतिहासमा माओवादीले भ्रष्टाचारको फाईल खोलेर अगाडि बढेकाले जनतामा माओवादी पार्टी प्रतिको बिश्वास बढदै गएको जनाए । कार्तिक १ गतेबाट सुरु भएको खेल ३ गते सम्म चलेको हो ।