Sunday, June 28News That Matters

विदेशमा साढे ३९ हजार नेपालीमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असोज १८

विश्वका विभिन्न देशमा रहेका साढे ३९ हजार नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल बाहेकका विभिन्न देशमा ३९ हजार ५ सय २८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल बाहेक विभिन्न देशमा रहेका ३९ हजार ५ सय २८ नेपाली सङ्क्रमित भएका मधये ९२ प्रतिशत निको भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना निको भएको जनाएको छ । गत साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमणका कारण अहिलेसम्म विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको मृत्यु भएको छ । गत साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।