Wednesday, June 17News That Matters

विद्युत मर्मतमा कार्यालयकाे ढीलाइले गाइघाटबासीलाइ सास्ती

पूर्णपुष्टि, जेठ १० ।

उदयपुरकाे गाइघाटमा दिउसोदेखि राती अबेरसम्म विद्युत कटिदा गाइघाटबासीले सास्ती खेप्नुपरयाे । गर्मिको समयमा कटिएको विद्युत राती अबेरसम्म विदुत कार्यालयले मर्मत गर्न नसक्दा सास्ती परेकाे हाे ।

विद्युत कार्यालयले विद्युत लाईनमा नै समस्या आएको जनायाे । गाईघाट नजिकै त्रियुगा पुल पारीसम्म विद्युत लाइन सञ्चालनमा रहेपनि त्यसयता विग्रेको जनाइएको छ । के कारण विग्रेको हो र के समस्या हो भन्ने बारेमा थाहा पाउन नसक्दा मर्मतमा लामाे समय लागेकाे विद्युत कार्यालय गाईघाटका प्रमुख रोसन सिंहको भनाई छ । विग्रिन साथ मर्मतमा खटिएको इन्जिनियरसहितको टोलीले विग्रिएको स्थानसम्म पत्ता लगाएको तर के भएको हो भनेर पत्ता लगाउन नसक्दा मर्मतमा ढिलाइ भएकाे उहाँको भनाई छ ।

कोरोना महामारीबाट बच्न प्रशासनको निशेधाज्ञको पालना गर्दै घरघरमा बसिरहेका गाईघाटबासीलाई विद्युत नहुदा सास्ती परेको छ ।