विनोद राई बने द भ्वाइस अफ नेपाल सिजन ५ को बिजेता

पूर्णपुष्टि, पुष २८ ।  रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ५ को बिजेता विनोद राई बनेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा टिम मिलनका विनोद राईले अन्य तिन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

सर्वाधिक भोट ल्याएको आधारमा उनले उपाधिसँगै २० लाख नगद हात पारे भने विभिन्न गिफ्ट ह्याम्पर पनि पाए । भ्वाइ अफ नेपालको फाइनालिस्टमा कोच मिलन नेवारको टीमबाट विनोद राईसहित कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयास राई पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0