Tuesday, April 21News That Matters

विमानस्थलमा मन्त्री आलेले गरे छड्के अनुगमन, कोरोना परिक्षणमा मनोमनी शुल्क लिनेलाहरुलाई नियन्त्रणमा लिन दिए निर्देशन

पूर्णपुष्टि, कार्तिक १३
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम वहादुर आलेले विमानस्थलमा आकस्मिक छड्के अनुगमन गरेको छ । यात्रुहरुको सेवा सुविधालाई सहज बनाउने प्रतिवद्ध सहित आकस्मिक कडाई अनुगमनमा विमानस्थल पुगेका मन्त्री आलेले कर्मचारीहरुको काममलाई निगरानी गरेको छ । अनुगमनको क्रममा कोरोना खोपको नाममा प्रयोगशालाहरुले लापर्वाहि तथा मनोमनी ढंगले शुल्क लिएको कुरालाई आपत्ति जनाउँदै त्यस्ता प्रयोगशालाहरुलाई तत्कालै नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।

अनुगमनको क्रममा मनोमनी गरेको पाइएका प्रयोगशालाहरुलाई आईतबार सम्म शुल्क घटाउन समय दिएको छ । मन्त्री आलेले आईतबार फस्ट हाउरमै शुल्क नघटाउनु पर्ने र यदि नघटाए त्यस्ताले प्रयोगशाला चलाउनै नपाउने बताए । उनले शुल्क घटाएर जनताहरुको हितमा कोरोना परिक्षण गर्नेहरुलाई मात्र प्रयोगशाला संञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्री आलेले विमानस्थल भित्र सम्पूर्ण कर्मचारीको काम कार्वाही र जनताको सेवा सुविधा बारे राम्रो अध्यान र अनुगमन पनि गरेको छ । मन्त्री आलेले प्रयोगशालाहरुलाई १२ सय भन्दा बढी पैसा नलिन निर्देशन दिएका छन् । कोरोना परिक्षणको शुल्क महंगो भन्ने गुनासो आएपछि मन्त्री आले आफै विमानस्थलमा छड्के अनुगमनामा पुगेका थिए । उनले न्युनतम शुल्कमा कोरोना परिक्षण गर्नेहरुलाई मात्रै पहिलो प्राथामिकता दिने बताए । उनले शुल्क नघटाउने प्रयोगशालाहरुलाई तत्काल रोक्ने चेतावनी समेत दिए ।