Thursday, June 11News That Matters

विराटनगरको खदम खोला किनारमा पहिचान नखुलेको शव फेला

पूर्णपुष्टि, कार्तिक २१
विराटनगर महानगरपालिका–१६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा पहिचान नखुलेको एक युवकको शव फेला परेको छ । उक्त शव करिब २५÷२६ वर्षका युवकको रहेको प्रहरीले जनाएको छ ।
शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । पहिचानका लागि प्रहरीले मृतक युवकको हुलिया समेत उल्लेख गरेको छ ।
कालो रंगको टिसर्ट र कालै रंगको ट्राउजर, गोरो अनुहार, पाँच फिट चार इन्च उचाइ, कालो कपाल, घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।