Sunday, July 5News That Matters

विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान सहित नगर परिक्रमा गराईने

पूर्णपुष्टि, बैशाख २७ । कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान सहित नगर परिक्रमा गराईने भएको छ । आज नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले संयुक्त रूपमा खेलाडीहरू सम्मान गर्ने भएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप छनोटमा स्थान बनाएको तथा भर्खरै एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेर ऐतिहासिक सफलता हासिल गरेका खेलाडीहरुलाई सम्मान गर्न लागेको उद्योग वाणिज्य महासंघ प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए । उनका अनुसार आज पौने १२ बजेदेखि खेलाडीहरूलाई सम्मानस्वरूप नगर परिक्रमा गराएपछि सम्मान गरिनेछ।

जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, अमेरिका र युएईसँग खेल्नेछ । एसीसी मेन्स प्रिमियर कपको उपाधि जितेको नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग भेट पक्का गरिसकेको छ । भने भारत र पाकिस्तान जस्ता क्रिकेटका पावर हाउस टोलीसँग खेल्न पाउन नेपालका लागी यो ठुलो अवसर समेत हो ।