Thursday, June 11News That Matters

विवादले स्थगीत गाईघाटको मेयर कप पून : संञ्चालन

पूर्णपुष्टि, असार ३१
नियम विपरित जिल्ला बाहिरको खेलाडी खेलाएको भन्दै विवादका कारण स्थागित स्व : लालशेर राई २२ औँ मेयर फुटवल प्रतियोगिता पून ः आज बाट संञ्चालनमा आएको छ । असार २७ गते त्रियुगा १० र १२ गते भएको खेलमा वार्ड नं १२ ले भोजपुरका खेलाडी खेलाएको भन्दै प्रोष्टेट हालेको थियो ।

वडा नं १० ले प्रोष्टटे हालेसँगै विवाद वढ्दा खेल स्थागित भएको थियो । उक्त दिनको खेलमा १० लाई १२ ले १ गोल हानेका थिए । गोल पश्चात १ घण्टा पछि बोक्सेले खेल नकार्दै दावी विरोधमा उत्रिएपछि खेल अवरुद्ध अवस्थामा थियो । कतिपयले पहिलानै पहिचान गरी प्रवेश गराउनु पर्नेमा लापर्वाही तरिकाले खेलाडी छिराएको र पछि गोल गरेपछि दावी विरोधमा उत्रिनु हार नस्वीकार्नु सक्नुको उपज रहेको खेलप्रेमी दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।