Thursday, June 11News That Matters

उदयपुरमा अनेरास्ववियुको समानान्तर कमिटी गठन

पूर्णपुष्टि, असार २७
एमाले निकट अनेरास्ववियु उदयपुरमा विवाद बढ्दै गएको छ । हिजो भएको १६ औँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलले एकलौटी ढंङगले आफु निकटको लागि अगाडी सार्दै संगठनमा योगदान दिएकालाई वाईपास गरेसँगै विवाद बढेको हो । असन्तुष्ट पक्षले हिजो अधिवेशन वहिस्कार गर्दै कार्यक्रम स्थल होटल टाउनहलमा कुर्सि माईक समेत तोडफोड गरेका थिए । विवादका विच प्रवेश ठकुरीको अध्यक्षतामा अनेरास्ववियुको जिल्ला कमिटी घोषणा गरिएको थियो । प्रवेश ठकुरीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा भएपछि असन्तुट समूहले समानान्तर समितिी गठन गरेको छ ।