Thursday, June 11News That Matters

त्रियुगा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पूर्णपुष्टि, असार ३१ गते ।
त्रियुगा नगरपालिकाको आयोजनामा नगरको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा आर्थिक वर्ष २०७८/७९ को सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सहभागिता, पारदर्सीता,जवफदेहिता र उत्तरदायित्वको लागि सुनुवाई कार्यक्रम गरिएको नगरको सामाजिक शाखा प्रमुख विश्वजीत राईले बताउनुभयो । सुनुवाई कार्यक्रममा सहजिकरण गरेको सुशासनका हिमायती (जी क्यू) का अध्यक्ष भरत खड्काले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

नगरमा सेवा लिन आएका सेवाग्राहीहरुसँग नयाँ प्रविधिको प्रयोग गरि सर्वेक्षण गरिएको खड्काले बताउनुभयो । खड्काका अनुसार ९८ जना सेवा ग्राहीसँग ६० पुरुष र ३८ महिलाहरु संग प्रश्न सोधी विवरण संगलन गरिएको छ । सर्वेक्षणमा मगर, राई , चौधरी, गुरुङ, तामाङ, ब्रामण, धिमाल, दनुवार, सार्की लगाएतका सेवाग्राहीहरु रहेका थिए । प्रतिवेदनमा नगरले दिएको सेवा सुविधा प्रति सेवाग्राहीहरुको विचार तथा नगर प्रति रहेको धारणा प्रस्तुत गरिएको थियो ।
सडकको छेउको फोहोर व्यावस्थापनमा समस्या देखिएको साथै नगरले प्रकाशन गरेको रातो किताब वडा स्थरमा खोजदा नपाईको साथै आगामी दिनमा किताब सहज रुपमा उपलब्ध गराउन स्थानीयले माग गरेको छ ।
नगर प्रमुख बस्तेतका अनुसार आ.ब २०७९/८० मा नगरले १ अर्ब २८ करोड ५३ लाख ४ हजार ४ सय ४० रुपैयाँको बजेट विनियोजन गरिएको छ । सुनवाई कार्यक्रमा आएका गुनासा तथा जिज्ञासालाई समाधान गर्ने प्रतिवद्धता गनुभयो ।
नगर प्रमुख, वडा तथा नगरका जनप्रतिनिधीहरु, टोल विकास संस्था, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, पत्रकारहरु, सरोकारवाला संस्था लगाएतको उपस्थितिमा त्रियुगाको सभा हलमा सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।