Thursday, June 11News That Matters

युवामैत्री स्थानीय तहका लागि रौतामाईमा तिन दिने भेला सँगै ९ बुद्धे प्रतिवद्धता

पूर्णपुष्टि, असार ३१
रौतामाई गाउँपालिकामा युवामैत्री स्थानीय शासनलाई जोड दिन ३ दिने भेला सम्पन्न भएको छ । गाउँपालिकाको संयोजन, राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालको संयुक्त प्रयासमा युवाहरुको तीन दिने क्षमता अभिवृद्धी सम्बन्धि भेला सम्पन्न भएको हो । भेला सँगै युवामैत्री स्थानीय तह संचालन सम्बन्धी ९ बुँदे प्रतिवद्धता समेत जाहेर भएको छ।
प्रतिवद्धतामा गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगर, उपाध्यक्ष भुपेन्द्र थापा, शिक्षा तथा युवा शाखा प्रमुख गोबिन्द कार्की, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका छन्।

प्रतिवद्धतामा हस्ताक्षर गर्दै गाउँपालिकाका अध्यक्ष मगरले युवाहरुको जोस जाँगर उपयोग गर्दै नेतृत्व विकास र युवाहरुको समग्र विकासमा गाउँपालिकाले ध्यान केन्द्रित गर्ने बताए।

उनले गाउँपालिकाको विकासमा टेवा पुग्ने गरी युवाहरुलाई साझेदारी कार्यक्रममा सहभागी गराउने बताए।
युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन देशका सात वटै प्रदेशका एकरएक स्थानीय तहको छनौट गरी जनप्रतिनिधी, कर्मचारी र संघसंस्थाको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको आयोजक जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए।

त्यस्तै अपाङ्गता, सिमान्तकृत, लोपोन्मुख, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, जोखिम समूहमा रहेका युवाका सवाललाई प्राथमिकताकासाथ लगानी प्रवद्र्धन तथा युवा वयस्कबीच साझेदारी र अन्तरपुस्ता सम्वादको प्रवद्र्धन गर्ने, संघ, प्रदेश र स्थानीय तहमा रहेका युवासँग सम्वन्धित संंरचनाहरु राष्ट्रिय युवा परिषद, प्रदेश युवा परिषद, जिल्ला युवा समिति र सरोकारवालासँग समन्वय गर्नेलगायतका प्रतिवद्धता जाहेर गरिएको छ।