
पूर्णपुष्टि, भदौ ४
विश्वको विभिन्न देशमा फैलिएको कोरोना भाईसबाट उपचारपछि निको हुनेको संख्या डेढ करोड नाघेको छ । विश्वमा अहिलेसम्म दुई करोड २५ लाख मानिसमा संक्रमण पुष्टि भएका मध्ये एक करोड ५३ लाख भन्दा धेरै उपचारपछि निको भएको वर्ल्डोमिटरले जनाएको छ ।
त्यस्तै उक्त सङ्क्रमितमध्ये सात लाख ९१ हजारको मृत्यु भएको जनाईएको छ । अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात् साढे ६१ हजारको अवस्था जटिल रहे पनि बाँकी ६४ लाखको अवस्था सामान्य रहेको जनाईएको छ ।
सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि भएकामध्ये एक लाख ७६ हजारको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा साढे ३४ लाखमा कोरोना पुष्टि भएकामध्ये एक लाख ११ हजारको मृत्यु भएको छ ।
त्यस्तै भारतमा २८ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि हुँदा करिब ५४ हजारको मृत्यु भएको जनाईएको छ ।
