
पूर्णपुष्टि, साउन २३ । वीरेन्द्रनगरमा एक स्कुल बस दुर्घटनामा परेको छ। डिभी निकेतन स्कुलका विद्यार्थीहरू बोकेको बस वीरेन्द्रनगर नगरपालिका-८ स्थित इत्राम खोलामा चिप्लिएर पल्टिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए र स्कुल बिदा भएपछि घर फर्किँदै गर्दा यो दुर्घटना भएको हो। केही विद्यार्थीहरू घाइते भएको जानकारी प्राप्त भएको छ, तर घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रहरीले बताएको छ।
