Monday, April 20News That Matters

शरिरको भाग टुक्रा टुक्रा पारी धोन्नी टुडुको हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजानिक गर्यो

पूर्णपुष्टि, असोज ७

झापा झापा गाँउपालिका(१ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका(१ का ३७ बर्षीय लखन टुडु सतार , ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेका छन । मिति(२०७८ साल भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा झापा गाँउपालिका(१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाँउको, घाटी,पेट, कम्मर भन्दा माथीको भाग, तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा लास फेला परेको थियो । घटना बारे प्रहरीलाई जानकारी आएलगत्तै तत्काल जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोलीले घटनास्थल मुचुल्का तथा कानुनी कारबाही अगाडी बढाएको थियो ।
प्रहरीले अनुसन्धान तथा महिलाको अर्ध शरीरको लाश फेला परेको सम्बन्धमा स्थानीय सहित उनको पहिचान गराउने क्रममा अर्ध शरीरको लाश ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो । लाशको पहिचान खुलेसंगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्ठी भएको थियो । प्रहरीले उनको हत्यामा संलग्न रहेका उल्लेखित चारै जनालाई असोज १ गते पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।
पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनिहरु बिच बिबाद हुदै आएकोमा भदौ २५ गते यी चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगी शरीरको बिभिन्न भागमा काटी टुक्रा(टुक्रा पारेर खोलामा फालेको भन्ने अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका चारै जना उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडी बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।