
पूर्णपुष्टि/उदयपुर, मङ्सिर १९ ।
शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उदयपुरको १७ औं स्थापना दिवसमा आज उदयपुर अस्पतालका विरामीका लागि उपयुक्त हुने दुईवटा पानी तातो चिसो पार्ने फिल्टर प्रदान गरेको छ । 

संस्थाका पदाधिकारी तथा आवद्ध शिक्षकहरुको टोली अस्पतालमै पुगेर फिल्टर प्रदान गरेका हुन् । प्राप्त फिल्टर अत्यावश्यक परेका विरामीका लागि सदुपयोग गरिने अस्पतालका सुचना अधिकारी सुरेश पाण्डेले जनाएका छन् ।

